बिष्णु कुमार आले, अर्घाखाँची ।
गौरा माध्यमिक विद्यालय ठाडा रजिया अर्घाखाँचीको व्यवस्थापन समितीको बैठकले पुर्णता पाएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ऋषिराम बेल्बासेको अध्यक्षतामा बसेको पहिलो बैठकले कमला बिकलाई सदस्यमा मनोनित गरेपछि समितीले पूर्णता पाएको हो ।
माध्यमिक तहमा अध्यापन गर्दै आउनु भएका बिज्ञान बिषयका शिक्षक प्रकाश चन्द्र खनाल यहि असोज १ गते देखि राजिनामा दिएर अन्य ठाँउमा गएपछि उक्त बिषयगत शिक्षक नहुँदा बिद्यालयको पठ्नपाठ्नमा समस्या भएको छ । यस्तै प्राबि तहका शिक्षक ऋषिराम बिक २ महिना अघि अन्य ठाउँमा गएपछि खाली रहेको शिक्षक पदपूर्ति नहुँदा पठ्नपाठ्न प्रभावित भएको हो ।
समितीको पहिलो बैठकले बिद्यालयमा खाली रहेको बिज्ञान र गणित बिषयको शिक्षकको पदपूर्ति गर्ने निर्णय गरेको छ । बिद्यालयमा कार्यरत लेखापाल कर्मचारीको तलवभत्ता हेरफेर गर्ने समेत निर्णय गरेको छ ।
साथै ठाडा अमराई देखि जुकेना जलुके दमारबेसी ऐरावती सडकखण्डको मुहानमै पहिरो खसेर सडक अवरुद्ध हुदा समेत पहिरो हटाउन चासो दिएको छैन । दुई सातादेखी खसेको पहिरो हटाउन कसैले चासो नदिएपछि नागरिकलाई आवतजावत गर्न निकै कठिन हुने गरेको छ । नजिकै आउदै गरेको दशैमा जाने आउने यात्रुलाई समस्या हुने गरेको छ ।
पहिरोले लामो समयदेखी सडक अवरुद्ध हुदा स्थानिय सरकार र जनप्रतिनिधिले सडक सुचारू गर्न कुनै ध्यान नदिदा नागरिकले सास्ती खेप्नु परेको छ । गोरूसिंगे सन्धिखर्क सडकखण्डमा जोडिएको मुहानमै खसेको पहिरो हटाउन चासो नदिदा स्थानिय सरकार जनप्रतिनिधि भए नभएको अनुभूति नभएको स्थानीयको गुनासो छ ।
सितगंगा नगरपालिका भित्र खोलिएका मुख्य चार सडकहरू मध्ये ठाडा अमराई जुकेना पतन्जली मार्गमा दैनिक ठूलो सख्यामा यात्रु आवत जावत गर्ने गरेका छन् ।
७ आश्विन २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया