९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विहान उठ्दा सधैं थकित हुन्थिन् श्रीमती, एक दिन क्यामेरामा रेकर्ड भयो सबै कुरा



एजेन्सी ।
आमा के हुन् ? एक महिला आफ्नो बच्चाका लागि कसरी आफ्नो जिन्दगीसँग सम्झौता गर्छिन् ? यस्ता धेरै प्रश्नको जवाफ यो समाचारमा पाइनेछ । आज हामी तपाइँलाई अमेरिकाको लस एन्जलसकी मेलानिया डार्नेलका बारेमा जानकारी दिन गइरहेका छौं ।
जो विहान उठ्दा फ्रेश हुनुको साटो थकित हुन्थिन् । श्रीमतीको अवस्था देखेर उनका श्रीमान पनि चिन्तित हुन्थे । वास्तवमा मेलानिया विहान उठ्दा किन सधैं थाकेकी हुन्थिन् ? मेलिानियालाई भने आफ्नो थकानका विषयमा सबै कुरा जानकारी थियो ।
मेलानियाले भविष्यमा अहिलेको थकान स्मरण गर्न योजना बनाइन् । योजना अनुसार मेलानियाले आफ्नो कोठाको माथिपट्टि सीसी टिभी क्यामेरा लगाइन् । क्यामरामा रेकर्ड भएको भिडियो मेलानियाले तीन महिना पहिला शेयर गरेकी थिइन् । भिडियोमा मेलानिया आफ्ना बच्चा सुताउने क्रममा आफू भने सुत्न पाउँदिन थिइन् ।
जसका कारण दिनभर उनी थकित हुन्थिन् । मेलानियाका तीन सन्तान छन् । जसमध्ये एक जना मात्र दश महिनाका छन् । उनको नाम माइलो हो । मेलानियालाई धेरै दुख पनि माइलोले नै गर्छन् । माइला बाहेक मेलानियाको दुई वर्षकी छोरी पनि छन् । जसले कयौं पटक राति आमालाई दुख दिन्छिन् ।
तर एक आमाको सुन्दर पक्ष के हो भने आफ्ना बच्चालाई खुशी राख्न आफू रातिको निन्द्रा मात्रै होइन, पूरा जीवन नै दाउमा राख्न तयार हुन्छन् । मेलानियाले कोठमा सीसी टिभी क्यमरा लगाएर भिडियो बनाउनुको अर्थ आमा राति ओछ्यानमा पल्टिए पनि आरामसँग निदाउन सक्दिनन् भन्ने देखाउनु हो । यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६ मंगलबार ००:००  ३ : ३८ बजे