काठमाण्डौ ।
नेपाल राष्ट्र बैँकले सय रुपैयाँको नयाँ नोट मंगलबारदेखि चल्तीमा ल्याएको छ । बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा नयाँ विषेशतासहितको नयाँ नोट प्रचलनमा ल्याएको हो ।
नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र, मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै अंग्रेजीमा ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको छ । सय दरका ३ अर्ब बराबरका नयाँ नोट आजदेखि बजारमा पठाइएको राष्ट्र बैंकले जनाएको छ ।
यस्ता छन् नयाँ नोटका विशेषता
-बायाँतर्फ सगरमाथाको चित्र रहेको
-मध्यभागको पृष्ठभमिमा नेपालको नक्सा
-अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध
-अशोक स्तम्भको चित्रसँगै दृष्टीविहिनहरुलाई नोट पहिचानका लागि छामेर थापा पाउने कालो थोप्ला रहेको
-अशोकस्तम्भको बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र
-दायाँतर्फ लालिगुराँसको पानीछाप
-नोटलाई सिधा हेर्दा रातो रंग, ढल्काएर हेर्दा हरियो रंग देखिने
-नोटको मध्यभागमा एकसिंगे माउ गैँडा र बच्चाको चित्र
प्रतिक्रिया