९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

निर्दयी बाबुआमा, जसले आर्थिक अभाव देखाउँदै बालिका जंगल छाडे !



मायादेवी अनलाइन, वाणगंगा ।
शनिबार साँझपख कपिलवस्तु वाणगंगा नगरपालिकाको वडा नं. १० पटना बालापुरमा वेवारिशे रुपमा भेटिइएकी बालिकाका बाबुआमा सम्पर्कमा आएका छन् । बालापुरमा एकोहोरो रोईरहेकी अन्दाजी २० महिने बालिकालाई स्थानीयले उद्धार गरेका थिए । बालिका भेटेपछि स्थानीयले इलाका प्रहरी कार्यालय पिपरालाई जानकारी गराएका थिए ।
प्रहरीले बालिकालाई उद्धार गरेको थियो । बालिका विरामी भएकाले कपिलवस्तु सामुदायिक अस्पतालमा उनको उपचार गरिएको थियो । बालिकालाई १ सय ३ डिग्रीको ज्वरो आएको थियो ।
बालिका भेटिएको खबर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भाइरल भएपछि सबैले कसले हो भन्दै बालिकाका परिवार खोज्न थाले । सोमबार मात्र बालिकाका बाबुआमा सम्पर्कमा आएका छन् । सम्पर्कका आएका मध्ये बालिकाका बुवाको मानसिक अवस्था खासै ठिक नभएको पाइएको छ । साथै आर्थिक स्थिति घरको निकै कमजोर हुँदा बाध्य भएर बालिका छाडेको उनले बयान दिएका छन् । बालिकाकी आमा घरमा नभएको पाइएको छ ।
ईलाका प्रहरी कार्यालय पिपरामा रहेकी बालिकालाई बाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष ध्रुव बेल्बासे, नगरकार्यपालिका सदस्य योगनाथ सुनार र प्रहरी निरिक्षक आयुश प्रसाद जोशीको रोहवरमा बालिकाका बुबा बिष्णु कुमाललाई जिम्मा लगाईएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६ मंगलबार ००:००  ७ : ५६ बजे