मायादेवी अनलाइन, पिपरा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका २ स्थित पिपरा अस्पतालमा २९ जनामा डेंगु रोगी फेला परेका छन् । नगरपालिकाबाट डेंगु परिक्षणका लागि नि.शुल्क किट वितरण गरेसंगै चेक जाँचको क्रममा २९ जनामा डेँगुको संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
जसमध्ये २३ जना बाणगंगाका, ५ जना बुद्धभूमिका र १ जना रुपन्देहिको सैनामैनाका रहेको वाणगंगाका स्वास्थ्य शाखाका सह-संयोजक कमल ज्ञवालीले बताउनु भयो । गत १ महिना यता उपचार गराउन आउनेहरु मध्ये अधिकांश विरामी डेंगु लागेको आशंकामा चेकजाँच गर्न आएको पनि ज्ञवालीले बताउनुभयो ।
जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिका मध्ये बाणगंगा नगरपालिकामा मात्र डेंगु संक्रमित फेला परेकोमा थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवलमा पठाइएको पिपरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन विपिन जैसवालले बताउनु भएको छ । कपिलवस्तुमा डेंगु संक्रमित मध्ये १ जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । अहिले भाईरलका विरामीको चाप बढेको छ ।
अस्पतालमा दैनिकजसो ३ सय देखि ५ सय सम्म विरामी उपचारको लागि आउने गरेका अस्पतालले जनाएको छ । अस्पतालमा कपिलवस्तुसहित अर्घाखांचीबाट समेत विरामीहरु डेँगुको आसंकामा जाँच गराउन आउने गरेको अस्पत्तालकी डाक्टर रंजिता महतोले बताउनु भयो ।
७ आश्विन २०७६ मंगलबार ००:००
4
Shares
प्रतिक्रिया