९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लक्ष्मी आचार्यको अन्त्येष्टि !



मायादेवी अनलाइन, वाणगंगा ।
स्कुटर दुर्घटनाबाट मृत्यु भएकी लक्ष्मी आचार्यको अन्त्येष्टि गरिएको छ । आचार्यको आज लक्ष्मणघाटमा अन्तीम दाहसंस्कार गरिएको हो । आचार्यको अन्त्येष्टिमा सयौको उपस्थिती रहेको थियो । वाणगंगा नगरपालिका वडा नं. ५ निवासी आचार्यको आइतबार जितपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरा–निगालीकोटको बीचमा स्कुटर दुर्घटनामा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते हुनुभएकी आचार्यलाई बुटवल लगिएको थियो । आइतबार साँझपख दुर्घटना भएपनि उहालाई तत्काल उद्धार गर्न नसक्दा ज्यान गएको हो ।
टाउकोमा गम्भिर चोट लागेको कारण उहाँको अत्याधिक रक्तस्राव भएको थियो । रक्तस्रावकै कारण उहाँको ज्यान गएको हो ।
दुर्घटना भएको झण्डै पौने घण्टा सम्म उहाँलाई दुर्घटनास्थलबाट अस्पताल लैजान नसकिएको बताइएकोछ । एम्बुलेन्स समयमा पुग्न नसक्दा र प्रहरीलाई खबर गरेपनि तत्काल रेस्पोन्स नगर्दा समयमा नै अस्पतालमा लैजान नसकिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतक आचार्य एक गैर सरकारी संस्थामा आवद्ध हुनुहुन्थ्यो । उहाँका एक छोरा र एक छोरी रहेका छन् । आचार्य सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यकी सुपुत्रि हुनुहुन्थ्यो ।
अंग्रेजी विषयमा स्नाकोत्तर उत्रीर्ण आचार्य नेकपा केन्द्रिय सदस्य विमला घिमिरेकी भाई बुहारी पनि हुनुहुन्थ्यो । सामाजिक क्षेत्रमा क्रियाशिल आचार्यको निधन पछि सामाजिक सञ्जालबाट गहिरो दुख प्रकट भैरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६ सोमबार ००:००  १ : ५९ बजे