९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एनसेलमा आफ्नै धुनको पिआरविटी बनाएर जित्नुहोस् ३० हजार



काठमाण्डौँ ।
एनसेलका ग्राहकहरुले अब आफ्नै धुन रेकर्ड गरी आफ्नो प्ले ब्याक रिङ्ग टोन (पीआरबीटी) को रुपमा राख्न र अरुलाई सो धुन प्रयोग गर्न आह्वान गर्न सक्नेछन् । साथै धुन बनाउने ग्राहकले आफ्नो धुनलाई विभिन्न सामाजिक सञ्जालमार्फत प्रचार गरी प्रत्येक हप्ताआकर्षक पुरस्कार जित्न सक्नेछन् ।
एनसेल प्रा.लि.ले आफ्ना प्रिपेड ग्राहकका लागि लोकप्रिय सेवा ‘पीआरबीटी आफ्नै धुन’को नयाँ भर्सन ल्याएको हो । यस भर्सन अन्तर्गत अब ग्राहकले आफ्नै धुन बनाउन, त्यसलाई सामाजिक सञ्जालहरुमा प्रचार गर्न, धुनको प्रत्येक एक्टिभेसनमा बोनस ब्यालेन्स प्राप्त गर्न र प्रत्येक हप्ता नगद पुरस्कार जित्न सक्छन् ।
यो योजना आजदेखि सञ्चालनमा आएको छ । प्रत्येक हप्ता सबैभन्दा धेरै एक्टिभेट गरिएको धुनको ग्राहकले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी एक्टिभेसनका आधारमा दोस्रो हुने धुनको ग्राहकले नगद २० हजार रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछ । विजेताहरुको नाम प्रत्येक हप्ता सोमबार सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : ६ आश्विन २०७६ सोमबार ००:००  ८ : २७ बजे