९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अग्रिम टिकट बुकिङ गर्नेहरुको विहान ३ बजेदेखि नै लाइन



मायादेवी अनलाइन, कपिलवस्तु ।
दसैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएका स्थानहरुमा विहानैदेखि यात्रुहरुको भीँड लाग्न सुरु गरेको छ । बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा विहान ३ बजेदेखि नै सर्वसाधारणको अत्याधिक घुइँचो लागेको थियो भने आज पनि विहानैदेखि यात्रुहरु वस टिकट काट्न वसपार्कमा लाइनमा बसेका छन् । दसैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिला र दोश्रो े दिन सर्वसाधारण बिहानैदेखि लाइनमा बस्न आएका बताइएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनुपर्ने अवस्था नभएको बताउनुभयो ।

प्रकाशित मिति : ६ आश्विन २०७६ सोमबार ००:००  ८ : १५ बजे