९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लक्ष्मी आचार्यको शव कपिलवस्तु ल्याईदै, सोमबार नै अन्त्येष्टि गरिने



मायादेवी अनलाइन, वाणगंगा ।
स्कुटर दुर्घटनाबाट मृत्यु भएकी लक्ष्मी आचार्यको शव कपिलवस्तु ल्याउन थालिएको छ । वाणगंगा नगरपालिका वडा नं. ५ निवासी आचार्यको शव बुटवलबाट कपिलवस्तु ल्याउने तयारी भएको हो ।
जितपुर–तौलिहवा सडकखण्ड अन्तर्रगत पचेहरा–निगालीकोटको बीचमा स्कुटर दुर्घटनाबाट गम्भिर घाइते हुनुभएकी आचार्यलाई बुटवल लगिएको थियो । आइतबार साँझपख दुर्घटना भएपनि उहालाई तत्काल उद्धार गर्न नसक्दा ज्यान गएको हो ।
टाउकोमा गम्भिर चोट लागेको कारण उहाँको अत्याधिक रक्तस्राव भएको थियो । रक्तस्रावकै कारण उहाँको ज्यान गएको हो ।
दुर्घटना भएको झण्डै पौने घण्टा सम्म उहाँलाई दुर्घटनास्थलबाट अस्पताल लैजान नसकिएको बताइएकोछ । एम्बुलेन्स समयमा पुग्न नसक्दा र प्रहरीलाई खबर गरेपनि तत्काल रेस्पोन्स नगर्दा समयमा नै अस्पतालमा लैजान नसकिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आचार्यको शव अहिले लुम्बिनी प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । उहाँको शब पोस्ट्मार्टम गरेर कपिलवस्तु ल्याउने तयारी भैरहेको पत्रकार हरि अधिकारीले जानकारी दिनुभयो । उहाँको सोमबार नै लक्ष्मणघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस

स्कुटर दुर्घटना हुँदा लक्ष्मी आचार्यको निधन !
मृतक आचार्य एक गैर सरकारी संस्थामा आवद्ध हुनुहुन्थ्यो । उहाँका एक छोरा र एक छोरी रहेका छन् । आचार्य सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेजप्रसाद आचार्यकी सुपुत्रि हुनुहुन्थ्यो ।
अंग्रेजी विषयमा स्नाकोत्तर उत्रीर्ण आचार्य नेकपा केन्द्रिय सदस्य विमला घिमिरेकी भाई बुहारी पनि हुनुहुन्थ्यो । सामाजिक क्षेत्रमा क्रियाशिल आचार्यको निधन पछि सामाजिक सञ्जालबाट गहिरो दुख प्रकट भैरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६ सोमबार ००:००  ७ : १५ बजे