९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

रुपन्देहीमा डेङ्गुले फेरी लियो ज्यान



रुपन्देही ।
डेङ्गुको सङ्क्रमणबाट रुपन्देहीको सैनामैनामा एक महिलाको मृत्यु भएको छ । सैनामैना नगरपालिका–३ मुर्गिया निवासी ५६ वर्षीया शोभा परियारको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
शुक्रबारदेखि ज्वरो आएपछि परियारलाई स्थानीय मेडिकलमा उपचार गरिए पनि सुधार नभएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । जिल्लामा डेङ्गुको सङ्क्रमणबाट दुई हप्ताअघि पनि एक महिलाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  ११ : ०२ बजे