एजेन्सी ।
इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार साँझ म्यानचेस्टर युनाइटेडले वेस्टहामसँग २–० गोलको हार ब्यहोरेको छ। वेस्टहामको मैदानमा भएको खेलमा घरेलु टोलीले ४४ र ८४ औँ मिनेटमा गोल गरेको हो।यो सिजन म्यान युनाइटेड खराब लयमा छ। उसले ६ खेलमा जित, दुई हार र दुई बराबरीको नतिजा निकालेको छ। ६ खेलबाट ८ अंक भएको म्यान युनाइटेड ८ औँ स्थानमा छ। शीर्षस्थानमा रहेको लिभरपुलको पाँच खेलबाट १५ अंक छ।दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ६ खेलबाट १३ अंक छ। आइतबार राती हुने अर्को खेलमा लिभरपुलले घरेलु मैदानमा चेल्सीसँग खेल्दै छ। चेल्सीको पाँच खेलबाट ८ अंक छ।
५ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया