मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु वाणगंगा नगर कार्यपालिकाको बैठक आइतबार बसेको छ । नगरपालिकाको सभाहलमा सम्पन्न बैठकले महत्वपूर्ण निणर्यहरु गरेको छ । जस अनुसार नेपाल सरकारको एक पालिका एक हेलीप्याड निर्माण गर्ने राष्ट्रिय निती अनुरुप नगरभित्र कम्तीमा २ वटा हेलीप्याड निर्माण गर्नेबारे छलफल भएको छ ।
हेलीप्याड निर्माणको लागि नगरभित्रका ४ वटा स्थानलाई नेपाली सेनाको गोरुसिंगे स्थित नारायण गणमा पत्र सहित पठाइने भएको छ । नगरपालिका भित्रका सिद्र्धाथ क्याम्पसको फिल्ड, वडा नम्बर ८ को बालापुर स्थिीत मायादेवी रंगशाला, वडा नम्बर ५ को खुटेनी स्थित मैदान र वडा नम्बर ११ को हथौसा मेला स्थललाई हेलीप्याड निर्माणको लागि छनोट गरी पठाईएको हो ।
अब यी ४ वठा स्थान मध्य नेपाली सेनाको गोरुसिंगे स्थित नारायणदल गणले २ वटा स्थान पठाउने छ । र सोही आधारमा नगरमा २ वटा हेलीप्याड निर्माण प्रकृया अघि बढाइने नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले अर्को महत्वपूर्ण निणर्य गरेको छ । वर्षाको समयमा विग्रिएका नगरका सडकहरुको तत्काल मर्मत सम्भार गरिने छ । आउदै गरेका चाडपर्व अगाडीनै सम्पूर्ण सडक मर्मत गरिने बताईएको छ ।
यसैगरी घर नक्सा अभिलेखीकरणको लागि आगामी चैत्र मसान्त सम्म काम सुचारु गरिने छ भने बालमैत्री वडा घोषणाको लगि वडा नम्बर २ ले तयार गरेको बाल मैत्री आवधिक लगानी योजना स्विकृत गर्ने निणर्य पनि गरेको छ । यस्तै यहि मंसिर दोस्रो सातामा चाइनाको छिचउ नगरको प्रतिनिधी मण्डल वाणगंगा भ्रमणमा आउने हुनाले भेटघाट तथा कार्यक्रममको तालिका तयार पार्ने पनि बैठकले निणर्य गरेको छ ।
वडा नम्बर १ मा रहेको उप्टहवा गाउँको नाम परिवर्तनगरी उत्तमनगर राख्ने निणर्य भएको छ । बैठक नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता र प्रमुख प्रसासकिय अधिकृत तुल्सीरमा मरासीनीको सञ्चालनमा सम्पन्न भएको हो । बैठकमा उपमेयर चक्र अर्याल, सम्पूर्ण वडाका वडा अध्यक्ष, विषयगत शाखा प्रमुख, कार्यपालिका सदस्य लगाएतको उपस्थिती रहेको थियो ।
५ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया