मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको आडमा बर्तमान सरकारले जथाभावी काम गरेर मुलुकलाई पछि धकेल्ने काम गरिएको आरोप लागएका छन् । नेता पौडेलले सरकारले संबैधानिक निकायमाथी ठाडो हस्तक्षेप गरी आतंकित पार्न खोजेको आरोप लगाएका छन् । उनले ओली नेतृत्वको सरकारले दुई तिहाईको दुरुपयोग गरेर संबैधानिक निकायलाई तेजबोध गर्न खोजको बताए ।
सरकारले अख्तियार, अदालत लगायतमा ठाडो हस्तक्षेप गरेर त्रसित र आतंकीत पार्ने काम गरेको उनले बताए । कांग्रेस कपिलवस्तुले दोश्रो चरणको अभियानका क्रममा तौलिहवामा राखेको जिल्लास्तरीय अगुवा कार्यकताको भेलालाई सम्बोधन गदै नेता पौडेलले भने ‘दुई तिहाईको दुरुपयोग गरी सरकारले संबिधानिक निकायलाई तेजबोध गर्न खोजेको छ’ उनले भने ‘लोकतन्त्रमाथी नै खेलवाड गरिएको छ ’ ।
सरकारले नयाँ बर्गको स्थापना गर्न लागेको र त्यही आधारमा सबै सेवा सुबिधाहरु आफ्नै कार्यकर्ताको पकडमा लान खोजेको उनी बताउँछन । उनले सत्ताको आडमा जथाभावी गरेर मुलुकलाई नै पछि धकेल्ने काम गरिएको बताए । ठुला भष्ट्राचारीलाई अख्तियार र अदालतले समेत केही गर्न नसकेको बताए । उनले अदालतले समेत एनसेल प्रकरणमा आपसमा बाझिने फैसला गरेको बताए ।
अहिले सरकारसंग कुनै नयाँ योजना नभएको भन्दै उनले अहिलेको सरकारले अहिलेको दशै होईन अर्को दशै सम्म पनि मेलम्ची आयोजनाबाट पानी ल्याउन नसक्ने ठोकुवा गरे । उनले लोकतन्त्रलाई ठालुतन्त्र बनाईएको भन्दै यो अवस्थालाई मुक्त गर्न आन्दोलन गर्नु पर्ने बताए । उनले अहिलेको सरकारप्रति जनताको भरोसा हटेको र त्यो भरोसा कांग्रेसले कायम राख्नु पर्ने उनले बताए ।
‘सरकारप्रति जनताको भरोसा हटेको छ, त्यो भरोसा कांग्रेसमाथी छ छैन त्यो हेर्नुपर्छ’ उनले भने । अहिल कांग्रेसलाई जनताले पत्याउने गरी काम गर्न पर्ने भन्दै उनले कांग्रेसलाई पनि जनताले नपत्याए भने मुलुकमा के हुन्छ त्यसको आकलन गर्नुपर्ने बेला आएको बताए । उनले पार्टीका कार्यकर्तालाई गुट उपगुटमा नफस्न आग्रह गर्दै ब्यक्ति नभै कांग्रेसको पक्षमा लाग्न अपील गरे । ‘ देउवा र पौडेलेका होईन, कांग्रेसको पक्ष भएर लाग्नु यही मेरो चाहना हो’ उनले भने । उनले मधेसीहरुलाई पनि साथमा लिएर अघि बढनु पर्ने बताए ।
प्रधानमन्त्री ओलीले मधेसीहरुलाई छुट्टाएर अघि बढेकोले अहिले तराई मधेसमा समस्या आएकोले कांग्रेसले मधेसीहरुलाई साथमा लिएर अघि बढ्ने उनले बताए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा सांसद अतहर कमालले सरकारले गरेको गलत कुराहरुको पार्टीले भण्डाफोर गर्नु पर्ने बताए । उनले कांग्रेसले सदनमा सरकारका गलत क्रियाकलाप, भष्ट्राचारको जोडदार रुपमा आवाज उठाए पनि मिडियाले साथ नदिएको गुनासो गरे ।
अहिले सरकारले पत्रकारहरुको हक अधिकार खोस्ने गरी मिडिया बिधेयक ल्याउन लागे पछि बल्ल आखाँ खुलेको उनले बताए । पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्यको अध्यक्षता र पार्टी सचिव प्रेम बहादुर रायमाझीको संचालनमा भएको कार्यक्रममा कांग्रेस नेता दीप कुमार उपाध्याय, पार्टीका पूर्व जिल्ला सभापति सुधाकर पाण्डेय, जागरण अभियानका लागि खटिएका केन्द्रिय प्रतिनिधि बिष्णु कार्की, क्षेत्रीय सभापति गिरीजेश पाण्डेय लगायतले सम्बोधन गरेका थिए ।
५ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया