बाबुराम रायमाझी, जितपुर ।
वाणगंगाको वडा नम्बर ९ र ७ मा अवस्थित कपिलप्रज्ञा पुस्तकालय कपिलधामको अध्यक्षमा पुनः ईन्द्र बहादुर कोईराला निर्वाचित हुनुभएको छ । पुस्तकालयको (आइतबार) आज भएको प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले कोइरालाको अध्यक्षतामा ११ सदस्ययी नयाँ कार्य समिति चयन गरेको हो । समितीको उपाध्यक्षमा बिनिराम पौडेल, सचिवमा दुर्गा प्रसाद पौडेल, सह—सचिवमा मनकला गिरी, कोषाध्यक्षमा शान्ति खनाल, सदस्यहरुमा क्रमशः कमलराज आचार्य, दिपक कुँवर, कोपिला थारु, युग बहादुर के.सी, शंकर प्रसाद आचार्य, केशव पाण्डे रहेका छन् ।
साधारण सभामा कपिलप्रज्ञा पुस्तकालयका अध्यक्ष ईन्द्र बहादुर कोइरालाले पुस्तकालयको बार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शान्ति खनालले आर्थिक वर्ष २०७५/०७६को कुल ४ लाख ६६ हजार बराबरको आय- व्यय सार्वजनिकीकरण गरका थिए ।
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद विष्णु पन्थीले पुस्ताकालय ज्ञानको संग्रलालय भएकाले मानव सभ्यतालाई अगाडी बढाउन साहित्य, पुस्ताकालय अपरिहार्य भएको बताउनुभयो । कपिलधाम ५ नम्बर प्रदेशसंगै कपिलवस्तुकै एउटा गहना भएको भन्दै यसको प्रबर्दनका लागि आफूले पनि सहयोग पुर्याउने प्रतिवबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी ५ नम्बर प्रदेश लुम्विनी वाङमय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले भाषा साहित्य, कलासंस्कृतिबाट मुलुकका कुना कन्दरा दुरदराजमा रहेका प्रतिभा र श्रृष्टाहरुलाई अगाडी बढाउने कार्यमा भाषा साहित्यले अहम् भूमिका खेल्ने बताउनुभयो ।
साधारण सभामा गुरुकुल शिक्षा परिषदका सल्लाहकार सदस्य ऋषिकेशव भारद्धाज, वडा न. ९ का वडाध्यक्ष धुर्व वेल्वासे, समाजसेवी कुमार मधु वेल्वासे, नारायण खनाल, बालकल्याण आधारभूत विद्यालयका प्रधानध्यापक गोमा गिरी, कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य, सञ्चारकर्मी बाबुराम रायमाझी, लगायतले बोल्दैै शुभकामना दिनुभएको थियो ।
प्रतिक्रिया