९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भुटानसँग नेपालको लज्जास्पद हार



काठमाडौं ।
साविक विजेता नेपाललाई पराजित गर्दै भुटान साफ यू-१८ च्याम्पियन्सिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार हल्चोकस्थित नेपाल एपीएफ क्लबको खेल मैदानमा भएको खेलमा आयोजक नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भुटान पहिलो जितमै सेमिफाइनमा पुगेको हो । ३७ औं मिनेटमा बक्सभित्र हुलमुलकाबीच यसी दोर्जीले गोल गरेपछि नेपाल पहिलो हाफलमा १-० ले पछि परेको थियो । दोस्रो हाफमा थप दुई गोल खादैै नेपाल पराजित भएको हो ।
८६ औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टीमा गोल गर्दै भुटानलाई २-० ले अघि बढाए । विशाल बस्नेतले केजाङलाई लडाएपछि प्राप्त पेनाल्टीमा केजाङले नै गोल गरे । ९० नै मिनेटमा कर्मा सोनामको बक्स बाहिरबाट गोल गर्दै भुटानलाई ३-० को जित दिलाए ।
त्यसअघि ११ औं मिनेटमा लोडे वाङ्चुकको कर्नरमा डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसकेको बलमा किन्ले दोर्जेको प्रहार गोलरक्षक विशाल सुनारले बचाए । १९ औं मिनेटमा बर्मा सोनामको फितलो प्रहार बिशालले सहजै बचाएका थिए ।

२५ औं मिनेटमा ब्रिजेश चौधरीको पासमा शिशिर लेखीको क्रसमा मनिष डाँगीको हेडर भुटानी गोलरक्षकले बचाए । लगत्तै मनिषको क्रसमा ब्रिजेशको प्रहार डिफेन्डरबाट क्लियर गरिदिएका थिए । ३५ औं मिनेटमा ब्रिजेशको प्रहारलाई भुटानी गोलरक्षक तेन्जिङ दोर्जीले राम्रोसँग नियन्त्रणमा लिन नसक्दा पाएको अर्को अवसरमा ब्रिजेशको प्रहार बाहिरियो ।

५०औं मिनेटमम शिशिर लेखीको पासमा नवीन गुरुङको प्रहार पोस्टबाट थोरै बाहिररिदा नेपाल बराबरीबाट चुक्यो ।

६७ औं मिनेटमा किन्ले दोर्जीको बक्सबाहिरको प्रहार पोस्टबाट थोरै आकासिदा भुटानले अग्रता दोब्बर पारेने मौका गुमायो । ६८ औं मिनेटमा मनिष थापाको क्रसमा कप्तान जया गुरुङले डाईभिङ हेड प्रयास गरेपनि भेट्टाउन सकेन। त्यसपछि थप गोल निस्कन नसक्दा नेपाल पराजित हुन पुग्यो ।
योसँगै नेपालको सेमिफाइनलको संभावना झिनो बाँकी रहेको छ । समूहको अन्तिम खेलमा मंगलबार भुटानले माल्दिभ्सलाई ४ गोल भन्दा बढिको अन्तरले हराए नेपालको भाग्य चम्किँदै सेमिफाइनलमा पुग्ने छ । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग १९१ को बराबरीमा सकाएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०७६ आइतबार ००:००  ५ : २८ बजे