गुल्मी ।
अरिङ्गालले टोक्दा आइतबार गुल्मीमा एक बालकको ज्यान गएको छ । आइतबार बिहान विद्यालय जाने क्रममा बाटोमा बाँदरले अरिङ्गाललाई जिस्काउँदा तितर बितर भएका अरिङ्गाल टोक्दा रुरु गाँउपालिका-१ गुल्मीका १२ वर्षीय पवन अधिकारीको ज्यान गएको हो ।
अरिङ्गालले टोकेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि पाल्पामा रहेको युनाइटेड मिशन अस्पताल लैजाने क्रममा बाटौमै ज्यान गएको छिमेकी मधुसुदन ज्ञवालीले जानकारी दिनुभयो ।
मृतक पवनका बुवा दुबईमा रहेकाले बुवा नआउन्जेलसम्मका लागि शव अस्पतालमै राखिने आफन्तले जनाएका छन् । आमा र छिमेकी एक बालिकासँगै विद्यालय जाँदै गरेका पवनलाई ६० ओटाभन्दा बढी अरिङ्गालले टोकेको र उनकी आमा र सँगै रहेकी बालिकालाई पनि १०/१५ ओटाले टोकेको छिमेकीले जनाएका छन् ।
५ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया