विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा बढ्दो अराजकताको प्रतिवाद गर्नुपर्ने समय आएको बताएका छन्।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा अध्यक्ष दाहालले वर्तमान राज्यव्यवस्थाप्रति असहज परिस्थित आउने संभावना नभएको स्पस्ट पारे।
उनले भने, ‘व्यवस्थाप्रति खतरा नभएपनि अराजकतत्वविरुद्ध खबरदारी र प्रतिवादको लागि तयार रहनु पर्नेछ।’
वर्तमान सरकार भ्रष्ट्राचार निर्मूल बनाउन एक भएर अघि बढिरहेको बताएका अध्यक्ष दाहालले सरकारको काम कार्वाहीँसँगै पार्टीको समेत समीक्षा भइरहेको बताए।
सोही क्रममा उनले सरकारको कामप्रति पार्टीपंक्ति सन्तुष्ट भइहालेको अवस्था नरहेको बताए। उनले भने, ‘पार्टी सरकारको अहिलेको कामकार्वाहीबाट पूर्णरुपमा सन्तुष्ट हुन सकेको छैन। नेतृत्व तहले सही दिशामा काम गर्न सकेको छैन हामी समेत चिन्तित छौँ।’
मन्त्रिमण्डल पुनर्गठनका विषयमा राखिएको प्रश्नमा अध्यक्ष दाहालले भने, ‘यस विषयमा नसोध्नुस न ! मलाई यस प्रश्नले हैरान पारिसकेको छ।’
५ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया