काठमाण्डौ – दशैँमा काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुका लागि गाडीको टिकट बुकिङ आइतबारदेखि खुला गरिएको छ । आइतबार १० बजेपछि टिकट बुकिङ खुलेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।
कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चावहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, भक्तपुरको जगातीलगायत ठाउँबाट अग्रिम टिकट बुकिङ गर्नसक्ने उहाँले बताउनुभयो ।
दशैँका बेला २० देखि २२ लाख यात्रुले काठमाण्डौ छोड्ने विभागको अनुमान छ । टिकट काट्न झन्झट नहोस् भनेर विभागबाट अनुगमन टोली र सादा पोशाकमा प्रहरी खटाइने महानिर्देशक हमालले बताउनुभयो । यस्तै, केही दिनमा काठमाण्डौका १४ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गर्ने पनि तयारी भइरहेको छ ।
५ आश्विन २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया