९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पोखराबाट चुनाव लड्दैन्ः वामदेव गौतम



काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले आफू पोखराबाट चुनाव नलड्ने स्पष्ट पारेका छन् ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा उनले आफू कास्की जिल्लाको रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उमेदवार नदिने जानकारी गराएको बताएका छन् । उनले जानकारीका लागि भन्दै सामाजिक सञ्जालमार्फत् यस्तो धारणा राखेका छन् ।

यसअघि नेकपामा कास्की क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा गौतमलाई उमेदवार बनाउने चर्चा चलेको थियो । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनले कास्कीकै स्थानीय उमेदवार बनाउन आग्रह गरेका छन् ।

यस्तो छ गौतमको धारणाः

जानकारी का लागि

मेरा समस्त शुभचिन्तक महानुभावलाई जानकारीका लागि

आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।

यसअघि ९२०७४ मा० प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया-१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर मलाई विश्वास छ म भन्दा अरुकोही स्थानीय कमरेड उठनु हुदा सहजै विजय प्राप्त गर्र्न सक्नु हुनेछ। कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।

वामदेव गौतम

४ आश्विन २०७६

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ९ : ५७ बजे