मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु मिल ब्यवसायी संघको अध्यक्षमा शालिकराम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । आज कपिलवस्तु उद्योग वाणिज्य संघको सभाहलमा भएको संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले भुसालको नेतृत्वमा १५ सदस्यीय कार्य समिती चयन गरेको हो । संघको उपाध्यक्षमा मनिश आचार्य, सचिवमा कुलराज बेल्वासे, कोषाध्यक्षमा लक्ष्मण प्रसाद शर्मा र अन्य सदस्यमा रहनु भएको छ । कार्यक्रम प्रदेश सभा सदस्य तुल्सीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य चौधरीले एकताबद्ध भएर अगाडी बढेमा सफल हुने भन्दै एक ढिक्का भएर काम गर्न आग्रह गर्नुभयो । कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, रुपन्देही ज्यालादारी ब्यवसायी संघका अध्यक्ष खुमा पौडेल, नेपाल किसान ट्याक्टर समितीका अध्यक्ष मधु अर्याल लगाएतले बोल्दै नया निर्वाचित समितीलाई शुभकामना दिनुभएको थियो ।
४ आश्विन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया