९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आज ‘विश्व अल्जाइमर्स दिवस’ मनाइँदै



काठमाण्डौ ।
आज विश्वभर अल्जाइमर्स दिवस मनाइँदैछ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी अल्जाइमर्स दिवस मनाइँदैछ ।
अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई बिर्सने रोग अर्थात ‘डिमेन्सिया’ हुने विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले जनाएको छ । डब्लूएचओले सन् २०५० सम्ममा विश्वमा १५ करोड २० लाख मानिसमा डिमेन्सिया हुने देखाएको हो । सन् २०१८ को विश्व अल्जाइमर्स तथ्याङ्कले विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया भैरहेको देखाएको छ ।
सन् २०१७ को तथ्याङ्कले विश्वमा ५ लाख मानिसमा डिमेन्सिया भएको देखाएको थियो । यो तथ्याङ्क २० वर्षमा दोब्बर हुँदै सन् २०५० सम्ममा १३ करोड एक लाख ५० जनामा डिमेन्सिया हुने देखाएको छ ।
बिर्सने रोग अल्जाइमर्स डिमेन्सियाको एउटा सामान्य रुप हो । अल्जाइमर्स भएपछि व्यक्तिले सुरुमा भर्खरै गरेका काम बिर्सन थाल्ने डाक्टरले बताएका छन् । सुरुमा भर्खरै गरेको काम बिर्साउने यो रोगले भविष्यमा सबै कुरा बिर्सेर दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा पुर्‍याउने गर्छ ।
अल्जाइमर्स भएपछि व्यक्तिले सिकेका सबै सीप बिर्सँदै गएर दैनिक जीवन चलाउन नै समस्या हुने डाक्टर रमेश कँडेलले बताउनुभयो । बिर्सने रोग भिटामिनको कमी, डिप्रेशन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि लाग्ने उहाँले जानकारी दिनुभयो ।
सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो । सुरुमा के कारणले रोग लागेको हो भन्ने थाहा पाउन सके डिमेन्सियाअन्तर्गत पर्ने बिर्सर्ने रोग मध्य केही केहीको भने उपचार सम्भव भएको पनि उहाँको भनाइ छ । यो रोग निको नहुने भए पनि अल्जाइमर्स भएका व्यक्तिलाई विभिन्न काममा लगाएर भुलाउन उहाँको सुझाव छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ११ : १९ बजे