९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा विविध कार्यक्रम गरी संविधान दिवस मनाइयो



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाले चारनम्बरमा संविधान दिवस मनाएको छ । चारनम्बर जीतपुर चोकमा संघका पदाधिकारी, सदस्य तथा स्थानीय समुदाय भेला भएर राष्ट्रिय झण्डा सहित दिप प्रज्जवलन गरी दिवस मनाइएको हो । दिवसमा संघका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, उद्योग उपाध्यक्ष हुमनाथ पौडेल, एशोसियट उपाध्यक्ष टोप नारायण भण्डारी, महासचिव लक्ष्मण अधिकारी, कोषाध्यक्ष मोहन न्यौपाने, सचिव मनोज पौडेल, संघका पूर्व अध्यक्ष देवी पाण्डे, सल्लाहकार टोप नारायण वेल्वासे, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलख बहादुर पछाई, स्थानीय व्यवसायी, पत्रकार लगाएतका व्यक्तिको सहभागीता रहेको थियो । कार्यक्रममा अध्यक्ष उमानाथ पौडेलले संविधानले सम्पूर्ण नेपालीको अधिकार स्थापित गरकाले यसको सफल कार्यान्वयनमा सवैले आ आफनो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
यसैबिच नेपाल कम्यूनिष्ट पार्टी नेकपा कपिलवस्तुले पनि संविद्यान दिवसको अवसरमा अन्तरकृया कार्यक्रम गरेको छ । पार्टी कार्यलय तौलिहवामा सम्पन्न उक्त कार्यक्रममा बोल्ने बक्ताले जनताको लामो बलिदानी र त्यागबाट बनेको नेपालको संविधानलाई लागु गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा नेकपाका नेता हुमनाथ पाण्डेले नेपालको संविद्यान २०७२ को आधारपत्र प्रस्तुत गर्नुभएको थियो । पाण्डेले प्रस्तुत गर्नुभएको आधारपत्रमा उपस्थिती नेता तथा कार्यकर्ताले सुझाव तथा टिप्पणी गर्नुभएको थियो ।
नेकपा केन्द्रिय कमिटी सदस्य एवम जिल्ला इन्चार्ज गिरीधारिलाल न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा जिल्ला सहइन्चार्ज बिमला घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा नेकपा नेता भानुप्रकास श्रेष्ठ, प्रदेश नम्बर ५ कमिटी सदस्य सत्य नारायण त्रिपाटीलगाएतका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य बाबुराम खनालको स्वागत मन्तब्य र नेकपा वाणगंगा नगर कमिटी अध्यक्ष शंकर पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यस्तै नेकपा वाणगंगा नगर कमिटिले पनि संविधान दिवस चारनम्बरमा मनाएको छ । नगर कमिटिको पार्टी कार्यालय चारनम्बरमा भेला भई दिप प्रज्जवलन गरेर दिवस मनाइएको हो । कार्यक्रममा अध्यक्ष शंकर पाण्डे, सचिव टेकेन्द्र बहादुर क्षेत्री, समाजसेवी तिलोचन घिमिरे शंकर भट्टराई, टोपनारायण वेलवासे, उमानाथ पौडेल लगाएतको सहभागीता रहेको थियो । नेकपा नगर अध्यक्ष शंकर पाण्डेले संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिदै आर्थिक सम्बृद्धि र विकासका लागि सवै राजनीतिक दलहरुबीचको एकता र सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

प्रकाशित मिति : ४ आश्विन २०७६ शनिबार ००:००  ७ : ३२ बजे