९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गएराती देखि सकियो प्रदेश पाँचको बजेट अधिवेशन, ९ विधेयक पारित



रुपन्देही ।
प्रदेश नम्बर पाँच को प्रदेश सभाको चौथो अधिवेशन बिहीबार रातिदेखि अन्त्य भएको छ । जेठ २ गते सुरु भएको चौथो तथा बजेट अधिवेशन ४ महिना चलेर अन्त्य भएको हो ।
प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त भएको अधिवेसन अन्त्यसम्बन्धी व्यहोराको पत्र सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको बैठकमा पढेर सुनाउनु भएको थियो । यो अधिवेशनले ९ बटा विधेयक पारित गरेको छ ।
१० वटा विधेयक चालु अधिवेसनमा पेस भए पनि ९ विधेयक मात्रै पारित भए । सुसासनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानुन समितिमै छलफलको क्रममा रहेको छ । यो विधेयकलाई संसदको हिउदे अधिवेशनमा पास गर्ने तयारी छ ।
चौथो अधिवेसनको अन्तिम ३२ औँ बैठकले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको बिहीबारको बैठक बाँकेमा सञ्चालित जागरण अभियानमा नेकपाका कार्यक्रर्ताले आक्रमण गरेको विरोधमा नेपाली कांग्रेसले अवरोध गरेको थियो ।
प्रदेशसभाबाट अहिलेसम्म पारित भएका ४८ विधेयक मध्ये ४७ विधयेक प्रदेश प्रमुख उमाकान्त झाबाट प्रमाणिकरण भएको प्रदेश सभाका सूचना अधिकारी मनोजकुमार पाण्डेले जानकारी दिनुभयो ।
अन्तिम बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको कार्यप्रगति विवरण प्रस्तुत गर्दै चौथो अधिवेशन सफल भएको बताउनुभयो ।

प्रकाशित मिति : ३ आश्विन २०७६ शुक्रबार ००:००  १० : ३२ बजे