कावासोती ।
राष्ट्रिय जनता पार्टी ( राजपा) नवलपुरले भोलि शुक्रबार पर्ने संबिधान दिबसका कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेको छ ।
सो पार्टी द्वारा बिहिबार जारी प्रेस बिज्ञप्ती मा संविधान अझै पनि अधुरो र अपुरो रहेको भन्दै संबिधान दिबस नमनाउने निर्णय गरेको जनाएको छ । संविधान दिबसलाई कालो दिबसको रुपमा मनाउने संयोजक ओमनारायण थनेत द्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा आदिबासी, जनजाती, थारु, मधेशी, अल्पसंख्यक लगायत को माग अझै पनि संबिधानमा नसमेटिएको भन्दै संविधान दिबसलाई कालो दिबसको रुपमा मनाउने निर्णय पार्टीले गरेको बिज्ञप्तिमा उल्लेख छ । पार्टीले आफ्नो पार्टीले उठाएका मागहरु संबिधानमा समेट्न माग पनि गरेको छ ।
२ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया