मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाली काग्रेश कपिलवस्तुले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानलाई जिल्लामा तीव्र बनाएको छ । अभियान सुरु भएदेखि नै कपिलवस्तुमा दैनिक बिभिन्न कार्यक्रमहरु भइरहेका छन् । यसै क्रममा आज विपी स्मृति भवन गजेहडामा छेत्रीय कार्यसमिति छेत्र नं १ क,बाणगंगा नगरपालिका वडा नम्बर ३ र ४ संग संग प्रदेश टोलीले छलफल गरेको छ । केन्द्रबाट खटिएर आउनुभएका केन्द्रीय प्रतिनिधि ३ नम्बर प्रदेश सभा सदस्य मिलनबाबू श्रेष्ठको प्रमुख छलफल गरेको थियो । छलफल कार्यक्रममा प्रतिनिधि सभा सदस्य अत्तहर कमाल, पूर्व राजदूत दीपकुमार उपाध्याय लगायतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि श्रेष्ठले अब काग्रेश तल्लो तहबाट बलियो भएर जानु पर्ने बताउनु भयो । उहाँले काग्रेश नेता र कार्यकर्ताको काम सरकारका गलत क्रियाकलापको बारेमा जनतासमक्ष प्रष्टसंग राख्नु र संगठन बजबुत बनाउनु रहेको भन्दै गुटउपगुट छोडेर अगाडी बढ्न आग्रह गर्नुभयो । काग्रेशको यो अभियानमा औसला बढाउन यही भदौ ५ गते वरिष्ठ नेता रामचन्द्र पौडेल कपिलवस्तु आउन लाग्नु भएको पनि उहाँले जानकारी दिनुभयो ।
सांसद अत्तहर कमाल र पूर्व राजदूत उपाध्यायले पनि अब काग्रेश एक ढिक्का भएर अगाडी जानुको विकल्प नभएको बताउनु भएको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका मेयर मंगल थारु, वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको युवा नेता चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।
२ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया