बाबुराम रायमाझी, भलवाड ।
बाणगंगा ९ मा रहेको खोजिपुर सामुदायिक वन उपभोक्ता समितिले समूहको १० औ साधारण सभा तथा चौथो अधिवेशनका लागि श्रावण ३१ गतेका लागि आयोजना गरेको थियो । १० औ साधारण सभामा समितिका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता वाणगंगा नगरका मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता सव डिभिजन वन कार्यालय गोरुसिंगेका सहायक वन अधिकृत यम प्रसाद गैरेको विशिष्ट आतिथ्यमा सम्पन्न भएको थियो ।
सो साधारण सभामा सचिव रामप्यारी पौडेलले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष चुरामणि आचार्यले गत आर्थिक वर्ष ०७४÷७५ र ०७५÷०७६ को कुल ४४ लाख ३४ हजार बराबरको आय—ब्यय सार्वजनकीकरण गर्नु भएको थियो ।
साधारण सभामा जेष्ठ नागरीक,एकल महिला र अपाङ्गलाई समेत समूहले सम्मानित गरेको थियो । चौथो अधिवेशनबाट आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गरिएको छ ।
गोपाल गिरीको संयोजकत्वमा ५ सदस्ययी निर्वाचन मण्डल गठनबाट समितिको मुख्य पदमा भागवण्डा नमिल्दा निर्वाचन मण्डलले पटक—पटक भेला बसाल्दा समितिले पूर्णता पाउन सकेको थिएन । तर आज बिहिबार बसेको भेलाबाट आगामी ३ वर्षका लागि पुन दिपक कुमार थापाको अध्यक्षतामा १३ सदस्ययी नयाँ कार्यसमितीको चयन गरेको छ ।
जसको उपाध्यक्षमा नेत्र प्रसाद खनाल, सचिवमा पूजा वेल्वासे, सह सचिवमा विष्णु वञ्जाडे, कोषाध्यक्षमा दामोदर भुसाल, सदस्यमा लेखनाथ पौडेल, शिवकला आचार्य लगायत रहनु भएको छ ।
कार्यक्रममा सञ्चारकर्मी बाबुराम रायमाझी, नव निर्वा्चित अध्यक्ष दिपक थापाले सबैमा धन्यवाद दिँदै आफूले सामुदायिक वनलाई सबैको सहयोगमा जिल्लामै नमूनाको रुपमा अगाडी लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । खोजिपुर सामुदायिक वनमा ४ शय ९६ वनका उपभोक्ता रहेको र सामुदायिक वन २४३ हेक्टर क्षेत्रफलमा रहेको छ ।
२ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया