काठमाडौँ – विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ६ सय घटेर ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।चाँदीको मुल्य पनि बिहीबार तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया