९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

खाल्डाखुल्डीले दुर्घटना बढाएको भन्दै बुद्धभूमिका स्थानीयद्धारा सडक जाम



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीयले सडक अवरुद्ध गरेका छन् । बुद्धभूमि ९ को इमिलिया सडकखण्डमा रहेको खाल्डाखुल्डीका कारण दिनप्रतिदिन दुर्घटना बढेकाले विरोध स्वरुप सडक जाम गरेको स्थानीयले रेडियो मायादेवीलाई जानकारी दिएका छन् ।
आज विहान ११ बजेदेखि २ घण्टामा सवारी आवतजावत नहुँदा करिब १ किलोमिटरसम्मको जाम परेको थियो । सडक मर्मत गर्नको लागि सडक विभागले कुनै चासो नदिएको स्थानीयले आरोप लगाएका छन् । सडक बिग्रिएर दुर्घटना बढेपछि बारम्बार ध्यानाकर्षण गराउँदा पनि विभागले अटेर गरेपछि बाध्य भएर सडक जाम गर्नु परेको स्थानीयले बताएका छन् ।
सडक बिग्रिएको लामो समय भए तापनि सडक विभाग बेखबर बनेको भन्दै स्थानीय आक्रोशित भएका छन् । अहिलेसम्म त्यस सडकमा खाल्डाखुल्डीका कारण १५ । २० जना घाइते भएका छन् । बुधबार हिजो मात्र २ वटा दुर्घटना भएको स्थानीयले जनाएका छन् । सवारी जाम भएपछि पूर्वपश्चिम भएर यात्रा गर्ने यात्रुहरु बीच बाटोमै केही समय अलपत्र परेका थिए । अहिले सहमतिमा बाटो खुलेको छ । बाटो खुलेपछि सवारीहरु आफ्नो गन्तव्यमा लागेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७६ बिहिबार ००:००  २ : २२ बजे