एजेन्सी । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो देशको हवाई मार्ग प्रयोग गर्न नदिने भएको छ । प्रधानमन्त्री मोदी २१ सेप्टेम्बरमा अमेरिका भ्रमणमा जाँदैछन् ।
पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैशीले भारतले मोदीलाई हवाई क्षेत्र प्रयोग गर्ने अनुमति दिन आग्रह गरेपनि काश्मीरको अवस्थालाई हेरेर आफूहरुले अस्वीकार गरेको जानकारी दिएका छन् ।
उनले भने, ‘हामीले भारतीय उच्चायोगलाई नरेन्द्र मोदीको उडानका लागि स्वीकृति नदिने जानकारी दिएका छौं ।’
उनकाअनुसार मोदीलाई २० सेप्टेम्बरमा जर्मनी जान र २८ सेप्टेम्बरमा फर्किनका लागि पाकिस्तानी हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले अनुमति मागेको थियो ।
प्रतिक्रिया