काठमाण्डौँ ।
संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको छ । मुख्य कार्यक्रम ३ गते भोली भए पनि बिहीबारदेखि नै संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाउन सरकारले आह्वान गरेको छ ।
‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ । ‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमासमेत मनाउने निर्णय गरेको थियो । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज, भोलि र पर्सि घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले आह्वान गरेको छ । आज देखि ४ गतेसम्म हुने मुख्य कार्यक्रममा सरसफाइ, विभिन्न प्रचारात्मक कार्यक्रम तथा दीपावलीसहित राष्ट्रिय झण्डा प्रदर्शन हुनेछ । मुख्य दिन असोज ३ गते भने सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोहको आयोजना गरिनेछ ।
२ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया