९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अर्घाखाँचीमा मुख्यमन्त्री पोख्रेलको दुई दिने भम्रण



बिष्णु कुमार आले, अर्घाखाँची  । 
दुई दिने भम्रणमा अर्घाखाँची निस्किएका प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले  जिल्लाको विकासको बारेमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । जिल्लामा क्रियासिल राजनीतिकदल, सांसदहरू ,पालिका बाट निर्वाचित प्रमुख ,उपप्रमुख  तथा वडा अध्यक्ष , सदस्य ,नागरिक समाजका प्रतिनिधिहरु सँगको अन्तरक्रियात्मक कार्यक्रममा उनले जिल्लाको बिकासको बारेमा गंभिर चासो राखेका हुन ।
विभिन्न कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोख्रेलले अर्घाखाँचीको बिकासको निम्ति गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताए । जिल्लालाई कृषि तथा पशुपालन र पर्यटनका माध्यम बाट समृद्ध पार्न सकिने बिस्वास दिलाउदै उनले कामगर्ने ईच्छाशक्ति भएमा बजेटको कुनै समस्या नहुने पनि उल्लेख गरे ।
भौतिक पुर्वाधार मात्रै बिकास हो भन्ने मान्यता बाट माथि उठेर जनताको जिवनस्तर उठाउने दिगो खालका कार्यक्रम ल्याउन मुख्य मन्त्री पोख्रेलले जनप्रतिनिधिलाई सुझाव दिए । पहाडी जिल्ला भए पनि टोल टोलमा मोटर बाटो पुगेको देख्दा आफुलाई गर्व लागेको बताउदै मन्त्री पोखरेलले भने घर घरमा पुग्ने गाडी केबल बाहिर बाट सामान आयात गर्नको निम्ति मात्र नभई, उत्पादन गरेको वस्तु बाहिर निर्यात गर्न सक्नु पर्छ ।
कृषिमा उपलब्ध गराईने लगानी वास्तविक किसानले मात्र पाउनुपर्नेमा उनले जोड दिए । कतै कतै एउटाले कामगर्ने र अर्कोले अनुदान पाउने, कतै अनुदानको लागि मात्र काम गरेको देखाउने तथा वास्तविक काम गरिरहेका किसान सेवा र सुबिधा बाट बञ्चित रहनुपर्ने जस्ता क्रियाकलाप देखिएको भन्दै उनले चनाखो भएर लाग्न स्थानीय निकायका जनप्रतिनिधि हरुलाई सुझाव दिए । वास्तविक किसानलाई बेवास्ता गरेर राजनितीक आडमा अनुदान हातपार्ने प्रबृतिको अन्त्य गरीने मुख्यमन्त्री पोख्रेलको भनाई छ । मन्त्री पोखरेलले  योजनामा हुने कमिसनको खेललाई हामी अन्त्य गरेरै छाड्ने उनको भनाई थियो । जिल्लाको समग्र भौतिक पुर्वाधारको निम्ति केन्द्रसरकार सँग मिलेर बिशेष योजनाका साथ काम गर्ने बताए ।
 जिल्लाका नेता तथा जनप्रतिनिधिहरुले जिल्लाका संभावना समस्या र चुनौतीका बारेमा कुरा राखेका थिए । जिल्ला अस्पतालको क्षमता वृद्धि,पाणिनी क्याम्पस ,सडकको स्तर उन्नति ,खानेपानीको समस्या ,पर्यटन बिकास ,कृषि ,पशुपालन ,चुरे संरक्षण ,बिद्यालयका भवन,सिचाइ , रोजगारीका अवसर आदि ठुला योजनामा प्रदेश सरकारले सहय‍ोग गर्नु पर्ने उनिहरूको धारणा थियो ।
मुख्यमन्त्री पोख्रेलले ग्रामीण क्षेत्रमा करोडौंको लगानी लगाएर पुर्वाधार विस्तार गर्दासमेत बसाइँसराइ नरोकिएको प्रती चिन्ता समेत प्रकट गरे । कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तीले निक्कै चासो पुर्वक जिल्ला नेताहरूको भनाई सुन्दै अर्घाखाँचीमा दल,जनप्रतिनिधि , नागरिकसमाज र आम जनताबीच एकता र सहकार्य बाट जिल्लाको बिकाशमा जोड दिनु पर्ने उल्लेख गरिन् । एकतामै बल हुने उनको भनाई छ । पुर्व सभामुख घर्तिले हाम्रै जिवनकालमा नेपालमा समाजबाद ल्याउने   बताईन्। उनले दुई ठुला पार्टीको एकता सरकार चलाउन , भोट प्राप्त गर्न मात्र नभई देशलाई आमूल परिवर्तन गर्न , समाज बदल्न  ठुला दुई पार्टीको एकता भएको बताईन् । उनले जिल्ला बासिबीचको एकता नै अर्घाखाँचीको बिकासको जग भएको बताउँदै खुलेर प्रशंसा पनि गरिन् ।
नेपाल कम्युनिस्ट  पार्टी नेकपाका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सांसद नजिर मियाँ, नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य बोम बहादुर बिक, शुसीला श्रीपाली,प्रदेशसभा सदस्य रामजी प्रसाद घिमिरे ,जाल्पा भुसाल ,सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल ,उपप्रमुख ठाकुर कुमार बि.क.,भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा,उपप्रमुख खडानन्द बेल्वासे,मालारानी गाउँ पालिकाका अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री ,पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम ,उपाध्यक्ष लक्ष्मी गौतम ,छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल ,उपाध्यक्ष तुल्सादेवी श्रेष्ठ ,नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद खनाल मुस्कान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन के.सी. सागर के.सी., सेरबहादुर बि.सी. लगायतका बक्ताहरुले मन्तव्य राख्दै जिल्लाका समस्याको बारेमा मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
यसैबीच मुख्यमन्त्री पोख्रेलले अर्घा भगवती मन्दिर र दरबारको अबलोकन गरेका छन् । मन्दिर अवलोकन पछि उनले ऐतिहासिक, पुरातात्विक, धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरपुर मन्दिर र दरबारको भौतिक पुर्वाधार बिकास गरि पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्नेमा जोड दिए । भगवती मन्दिर र दरबार क्षेत्रको पर्यटन प्रबद्धनको निम्ति प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए ।
कार्यक्रममा मन्तव्य राख्दै पुर्व सभामुख ओनसरी घर्तीले ऐतिहासिक भगवती मन्दिर र दरबार क्षेत्रको बिकास गरि पर्यटन प्रबर्द्धन गर्न सकेमा जिल्लामा आय आर्जनको बलियो श्रोत हुने बताईन । यसैगरी नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्यले ऐतिहासिक दरबार र मन्दिरको पुनर्निमाणको लागी आवश्यक रकम उपलब्ध गराउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । मन्दिर संचालन समितीका अध्यक्ष सरोज भुसालले मन्दिरको ऐतिहासिक महत्व तथा बिकाश बारे जानकारी गराएका थिए । मन्त्री पोखरेलले निर्माणधिन अबस्थामा रहेको अर्घा भगवती विमान स्थल , पाणिनी बहुमुखी क्याम्पसकाे शैक्षिक अवस्था तथा भौतिक संरचनाको अवलोकन गरे । उनले क्याम्पसको भौतिक संरचना भवन निर्माणका लागि प्रदेश सरकारबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सुपादेउराली मन्दिरको दर्शन गर्दै यसको बिकाशका लागि गुरु योजना निर्माण गर्न पनि संचालन समितिलाई सुझाव दिए । अहिले सुपादेउराली मन्दिरकाे महिमा बढ्दै गएकाले यसको पुर्वाधार बिकाशमा जोड दिन सुझाव दिए । यस्तै ठाडा डमरूदहको बिकासमा आफुले चासो दिएको भन्दै मन्त्री पोखरेलले अर्घाखाँची जिल्लाकै पहिलो गहनाको रूपमा आफुलाई स्थापित गरेको ठाडा डमरूदहको बिकाश अोझेलमा परिरहेको प्रति उनले चिन्ता ब्यक्त गरेका छन् । अर्घाखाँची बाट बिकाशका योजना प्रदेशमा कमै पेश हुने गरेकाले बिकाशका योजना ल्याउन पनि निर्वाचित जनप्रतिनिधि तथा क्रियासिल राजनिती दललाई उनले सुझाव दिए ।

प्रकाशित मिति : १ आश्विन २०७६ बुधबार ००:००  ९ : ५७ बजे