बुटवल ।
सार्वजनिक यातायात अनुगमन गर्न प्रदेश ५ मा समिति गठन गरिएको छ । चाडपर्वको समयमा यात्रुहरुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले प्रदेश नं. ५ मा सार्वजनिक यातायात व्यवस्था अनुगमन समिति गठन गरिएको हो ।
भौतिक पुर्वधार विकास मन्त्रालयमा आन्तारिक मामिला तथा कानुन मन्त्री, भौतिक पुर्वधार विकास मन्त्री, सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी एवं मन्त्रालयका सह सचिव संगको छलफल पछि प्रदेश स्तरिय अनुगमन समिति गठन गरिएको हो । समितिको संयोजकमा आन्तारिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन् ।
चाडपर्वका समयमा यात्रु चाप बढ्ने हुँदा तोकिएको भाडादरमा अग्रिम टिकट बुकिङ्गको व्यवस्था मिलाउने समेत यातायात व्यवसायीलाई आग्रह गरिएको सडक पुर्वधार तथा व्यवस्था महाशाखा प्रमुख भिमार्जुन पाण्डेले बताए ।
त्यस्तै छलफलमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले यात्रुहरुलाई सहज सेवा दिन व्यवसायीहरुलाई आग्रह गरे । उनले चाडपर्वको समयमा यात्रुको चाप बढुने भएकाले सेवालाई समेत प्राथमिकता राख्न व्यवसायीहरुलाई आग्रह गरे ।
त्यस्तै भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले चाडपर्वको समयमा बढ्ने कालोबजारी, ठगि जस्ता घटना हुने भन्दै चनाखो भएर सुरक्षा चेकजाँच गर्न सुरक्षा निकायलाई आग्रह गरे । उनले भारत संग जोडिएका नाबाहरु बाट चाडपर्व मनाउन आउने यात्रुहरुलाई सुरक्षित यात्राको बातावरण बनाउन समेत आग्रह गरे ।
छलफलमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेलले सरकारी निकाय संग गरेको प्रतिबद्धता कार्यान्वयन गर्ने बताए । छलफल कार्यक्रममा भौतिक पुर्वधार विकास मन्त्रालयका सचिव नुर मुहम्मद खाँ, आन्तारिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकर प्रसाद खरेल, बुटवल बेलहिया सडक विस्तार आयोजनाका प्रमुख जिवेन्द्र मिश्र, लगाएतले बोलेका थिए ।
प्रतिक्रिया