९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सरकारले भन्योः डेंगुका कारण तत्काल आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन



काठमाडौं ।
सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।
बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताए । उपप्रधानमन्त्री यादवले साधन स्रोतले सम्पन्न विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको जिकिर गरे ।

डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको उनले बताए । उपप्रधानमन्त्री यादवले लामखुट्टेको नियन्त्रण नै यसबाट बच्ने प्रमुख उपाय भएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७६ बुधबार ००:००  १ : ५६ बजे