एजेन्सी । युराेपीयन च्याम्पियन्स लिगकाे समूह चरणको पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयाे ।
घरेलु टिम डर्टमण्डले अन्तिम समयमा पाएकाे पेनाल्टीलाई सदुपयाेग गर्न नसक्दा बराबरीमा चित्त बुझायाे । मार्को रिउसको प्रहारलाई बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाएका थिए । बार्साका लागि लियाेनल मेस्सी मैदानमा उत्रिए पनि त्यति प्रभाव जमाउन सकेनन् ।
बार्साका प्रशिक्षकले मेस्सीलाई सुरुवातमा बेन्चमा राखेर युवा खेलाडी फाटीलाई सेटमा राखेका थिए । जसका कारण फाटीले कम उमेरमा च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए । उनी १६ वर्ष तीन सय दिनमा च्याम्पियन्स लिगमा डेब्यू गर्दै कम उमेरमा याे प्रतियाेगिता खेल्ने खेलाडी बनेका छन् ।
प्रतिक्रिया