९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चन्द्रौटामा रक्तदान



दिपक खड्का, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ मा रहेको चन्द्रौटा हस्पिटलमा सामाजिक मंचको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यव्रmममा यस क्षेत्रका ६२ जनाले रक्तदान गरेका छन् ।
डेङ्गु रोग सक्रमणले गर्दा अरु समय भन्दा यो समयमा रगतको अति आवश्यकता भएकोले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
रक्तदान कार्यक्रममा प्रदेश सांसद अर्जुन कुमार केसी, शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी, व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेल, संजिवनी अस्पतालका अध्यक्ष टोपलाल पोखरेल लगायतले रगतदान गरेका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ६ : ३५ बजे