बिष्णु कुमार आले, अर्घाखाँची ।
प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलद्दारा अर्घाखाँचीको ठाडामा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । सितगंगाको भेडामारेमा आयोजित भेटघाट कार्यक्रममा नगर उपप्रमुख टिकारेश्मी मगरले समग्र नगर बिकासको बारेमा मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र पेश गर्नु भएको छ । भेटघाट कार्यक्रममा नगर संयोजक वसन्त श्रेष्ठ , पुर्व जिल्ला सभापती पिताम्बर भुसाल , प्रदेश सभा सदस्य जाल्पा भुसाल, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल , जिल्ला प्रहरी प्रमुख प्रकाश विष्ट , संचारकर्मी बिष्णु कुमार आले , सितगंगा ८ का वडा अध्यक्ष रूकेश आलेमगर, वडा नं ६ का वडा अध्यक्ष रिषी रेश्मीमगर, वडा नम्वर १२ का वडा अध्यक्ष दुर्गा बिसी , शसस्त्र प्रहरी पमुख माधव रेग्मी , अनुसन्धान प्रहरी प्रहरी बिनय चत्तुरभेजी ,समाजसेबी रिषी घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
३१ भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया