९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

देशभर मनसुनी गतिविधि सक्रिय



काठमाडौँ ।
बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव देशभर अझै पनि रहेकाले मनसुनी गतिविधि सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यही कारण हाल देशका अधिकांश क्षेत्रमा बदली भएको छ । पूर्व तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसमविदले बताएका छन् ।
मंगलबार दिनभरि देशभर सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वका धेरै तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । देशका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै राति देशभरि सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिममा धेरै र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । राति मध्य र पश्चिमका थोरै तथा पूर्वका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ९ : ५१ बजे