९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आज कपिलवस्तु खुला दिसामुक्त घोषणा हुँदै, बने होलान् त सबै घरमा चर्पी ?



मायादेवी अनलाइन, तौलिहवा ।

कपिलवस्तु जिल्ला आज खुला दिसामुक्त घोषणा हुँदै छ । कपिलवस्तुकै कारण सिंगो ५ नं. प्रदेश खुला दिसामुक्त हुन नसकेको अवस्थामा जिल्लालाई आज खुला दिसामुक्त घोषणा गर्न लागिएको हो । जिल्ला खुला दिसामुक्त घोषणा गर्नु पूर्व जिल्लाका सबै स्थानीय तह खुला दिसामुक्त घोषणा भैसकेका छन् । विहान ११ बजे तौलिहवामा भव्य समारोहको आयोजना गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्न लागिएको हो ।  कार्यक्रममा प्रदेश नं. ५ का प्रदेश प्रमुख उमाकान्त झा प्रमुख अतिथिको रुपमा आउनु हुँदै छ ।

नेपाल सरकारले सन २०१५ भित्र सिंगो मूलुकलाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको थियो । तर, सरकारको लक्ष्य तोकिएको समयमा पूरा हुन सकेन् । सरकारले यही असोज १३ गते सिंगो मूलुकलाई नै खुल्ला दिसा मुक्त भएको घोषणा गर्दै छ । यही क्रममा कपिलवस्तुमा अभियानले तीव्रता पाएको हो ।जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नु पूर्व दुई दिनमा दुई नगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आइतबार कृष्णनगर नगरपालिका र सोमबार हिजो कपिलवस्तु नगरपालिका खुला दिसामुक्त घोषणा भएका छन् । कपिलवस्तुमा खुला दिसामुक्तको अभियान २०६७ साल देखि सुरु भएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ८ : १४ बजे