९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कपिलवस्तुमा चोरले विद्युतको ट्रान्सफरर्मर पनि बाँकी राखेनन्, किन लाग्दैन करेन्ट !



मायादेवी अनलाइन, वाणगंगा ।
विद्युत हुकिङ्ग गरी विजुली चोरी गर्ने कार्य अहिले पनि भारतीय सिमावर्ती कपिलवस्तु लगायत तराईका जिल्लामा कुनै नौलो होइन । तर, ट्रान्सफरर्मर नै चोरी हुन्छ भन्दा पत्यार नलाग्न सक्छ त्यसमा पनि एउटा होइन ५, ५ बटा । भारतिय सिमासँग जोडिएको कपिलवस्तुको कृष्णनगर वितरण केन्द्रका ती ट्रान्सफरर्मर विगत ५ महिना अगाडी चोरी भएकोमा हालमात्र खुलाशा भएको छ ।
भारतीय सिमावर्ती कपिलवस्तुको कृष्णनगर वितरण केन्द्र मातहतका ग्रामीण बस्तीमा विद्युत हुकिङ्ग गरी चोरी गर्ने कार्य अहिले पनि रोकिएको छैन् । वितरण केन्द्रले विद्युत जडान गर्न पटकपटक माग गर्दा समेत नगरेको बहानामा यसरी विद्युत चोरी भइरहेको छ ।
भारतीय सिमावर्ती कृष्णनगर वितरण केन्द्रको मातहतमा पर्ने ४ नगरपालिका र १ गाउँपालिका आसपासका क्षेत्रमा विद्युत हुकिङ्ग मात्र होइन ५ बटा ट्रान्सफरर्मर नै चोरी भएका छन् । पछिल्लो समय वितरण केन्द्रले विद्युत चुहावट रोकथाम गर्न अभियान नै थालेको छ ।
५ वटा पालिकाका झन्डै ३७ हजार ग्राहक कृष्णनगर वितरण केन्द्रको मातहतमा छन् । वितरण केन्द्रले यस अवधिमा विद्युत चोरी गर्ने २ सय ५० जनालाई कार्रवाही गरी २३ लाख रकम उठाएको छभने ग्राहकहरुबाट ३ करोड बांकी बक्यौता राजश्व रकम समेत संकलन गरेको जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७६ मंगलबार ००:००  ७ : ०२ बजे