मायादेवी अनलाइन, कपिलवस्तु ।
अध्यात्मबाट समाज रुपान्तरण गर्न भन्दै भुवन गुरु फाउण्डेसनको स्थापना गरिएको छ । युवा वाणी भाष्कराचार्य भुवन गुरु ( घिमिरे) को अध्यक्षतामा फाउण्डेसनको स्थापना भएको हो । पछिल्लो समय समाजमा नैतिकता र सदाचार हरण भएको भन्दै त्यसलाई जोगाउन फाउण्डेसनको स्थापना गरिएको अध्यक्ष भुवन गुरुले बताउनु भयो । धार्मिक र सांस्कृतिक जागरणविना समाज रुपान्तरण नहुने भन्दै फाउण्डेसनको माध्यमबाट राष्ट्रिय र अन्र्तराष्ट्रिय रुपमा बिभिन्न पुराण, महायज्ञ आदि शुभ कर्म आयोजना गरी समाजमा नैतिकताको विकास गर्न अभियान चलाउने उहाँले बताउनु भयो । यस्तै समाजमा रहेको लागु पदार्थ दुव्र्यसन, सामाजिक अपराध र अत्याचारलाई पनि अध्यात्मबाट बदल्नको लागि अब फाउण्डेसन क्रियासिल हुने छ । अध्यक्ष भुवन गुरुका अनुसार फाउण्डेसनले नेपालका पर्यटकीय स्थलहरुलाई कथाको माध्यमबाट देशविदेश प्रचार प्रसार गर्ने छ । रुपन्देही केन्द्रिय कार्यालय रहने गरी स्थापना भएको फाउण्डेसनमा गोविन्द पोख्रेल, दिल बहादुर कार्की, विमल श्रेष्ठ, दुर्गा ्िरसाद भट्टराई र पुष्कर पंगेनी रहनु भएको छ ।
३० भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया