९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

भदौ ३० को घटनालाई चन्द्रौटामा यसरी गरियो स्मरण



दिपक खड्का, चन्द्रौटा ।
सोमबार (आज) भदौ ३० । चन्द्रौटा घटना भएको १२ वर्ष वितेको छ । हरेक बर्ष आजको दिनलाई चन्द्रौटामा स्मरण गरिने गरिएको छ । घटना घटेको १२ बर्ष वित्दा समेत पीडितले अझै उचित राहत तथा क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् ।
२०६४ साल भदौ ३० गते स्थानीय अव्दुल मोहित खाँको अज्ञात समुहले हत्या गरेपछि भड्किएको हिंसामा १४ जनाले चन्द्रौटामा ज्यान गुमाएका थिए भने करोडौको क्षती भएको थियो । विगतका वर्षमा कपिलवस्तुका घटना पीडितको दवावको आधारमा सत्यतत्थ सहितको प्रतिवेदन तयार भएकोमा सो प्रतिवेदन सार्वजनिक नगरेकोमा त्यस क्षेत्रका सरोकारवालाको आपत्ति छ ।
कपिलवस्तु घटना पीडित संघर्ष समितिको तर्फबाट सूचनाको हक प्रयोग गरी प्रतिवेदनको जानकारी दिएकोमा सो प्रतिवेदन अक्षरश पालन हुनुपर्ने मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडाले माग गरेका थिए ।
घटनाका पीडितले धार्मिक सद्भाव, आपसी भाइचारा कायम राख्दै विगतका वर्षहरू जस्तै भदौ ३० लाई स्मरण दिनका रुपमा मनाउन मनाएको पीडित गोपाल बन्जाडेले बताए । कपिलवस्तुले मृतक र धनसम्पती क्षति भएकाहरुलाई झन्डै २ करोड क्षतिपूर्ति वितरण गरेपनि पीडितले उचित क्षतिपूर्ति अहिले सम्म नपाएको गुनासो गरेका थिए ।
कार्यक्रम व्यापार संघका अध्यक्ष महादेव पोखरेलको अध्यक्षता विष्णु प्रसाद खतिवडाको प्रमुख आतिथ्यता समाजिक विकास मंचका विष्णु प्रसाद अधिकारीको अतिथ्यिता रहेको कार्यक्रमको संचालन जगत प्रसाद पौडेलले गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७६ सोमबार ००:००  ७ : ४१ बजे