मायादेवी अनलाइन, तौलिहवा ।
किशोरी अधिकार मंच कपिलवस्तुको साधारणसभा एवं पहिलो अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका तथा नगरपालिकामा रहेको किशोरी अधिकार मंचले जिल्लाको निम्ति तदर्थ समिती पनि चयन गरेको छ ।
चुनावी प्रक्रियाद्धारा चयन गरिएको जिल्ला स्तरीय किशोरी अधिकार मंचको तदर्थ समितीको अध्यक्षमा शुद्धोधन गाउँपालिकाबाट बाँसखोरकी साधना हरिजन, उपाध्यक्षमा शुद्धोधन हथिहवाकी चाँदनी सिंह, सचिवमा हथिहवाकी अक्षिता शुक्ला, उपसचिवमा कपिलवस्तु नगरपालिकाकी शशिकला पासी, कोषाध्यक्षमा मायादेवी विजुवाकी विनु चौधरी र सदस्यहरुमा कृष्णनगर अजिगराकी गुल्सभा बानो, यशोधरा गाउँपालिकी सोमडीको सुमित्रा मुराउ, शुद्धोधन गाउँपालिका बाँसखोरकी पुनिता हरिजन छिन् ।
जिल्ला स्तरीय किशोरी अधिकार मंचकी नवनिर्वाचित साधना हरिजनले यस नवनिर्वाचित पदाधिकारीले किशोरी अधिकार मंचलाई जिल्लामा दर्ता गर्ने, किशोरीहरुको हक अधिकारको लागि काम गर्ने र किशोरीहरुलाई अगाडि बढाउनको लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएकी छिन् ।
हाल जिल्लाको ४ ओटा स्थानिय तह शुद्धोधन गाउँपालिका, यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका, कृष्णनगरपालिका र कपिलवस्तु नगरपालिकाका ७ सय ७५ जना किशोरीहरु आवद्ध रहेका छन् । मञ्चले गठन भए देखि २३ ओटा बालविवाह रोक्न सफल भएको प्रगति प्रतिबेदन प्रस्तुत गरिएको थियो भने ७३ हजार ५ सय बराबरको आर्थिक आयव्याय प्रस्तुत गरिएको थियो । किशोरी अधिकार मंचको साधारण सभा एवं पहिलो अधिवेशन गर्दै ८ बुदें घोषणा पत्र जारी गरेको छ ।
पत्रमा बालबिवाह अन्त्यका लागि आबश्यक क्रियाकलाप सञ्चालन गर्दै नितीगत कार्यान्वयनका लागि वकालत तथा पैरबी गर्ने, समाजमा ब्याप्त रहेका हानिकारक सामाजिक मुल्य र मान्यताको कारण अवसरबाट बञ्चित रहेका किशोरीहरुलाई किशोर किशोरी समान अधिकारका लागि पैरबी गर्ने जस्तो विषय उल्लेख गरिएको छ ।
यशोधरा गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष सरिता त्रिपाठी, गैसस महासंघका अध्यक्ष प्रविण श्रीवास्तव, महिला अधिकारकर्मि माधुरी श्रेष्ठ र माया ज्ञवाली, धर्मगुरुद्दय श्रीराम मिश्रा र मन्नान अलिले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम किशोरी अधिकार मंचकि गुडिया यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम संचालन किशोरी अधिकार मंचकी अक्षिता शुक्ला र साधना हरिजनले गर्नुभएको थियो । मञ्चले विगत २ बर्ष देखि निरन्तर रुपमा गाउँ तथा नगरपालिका तहमा बालविवाह, लिंगमा आधारित भेदभाव र जन्मदर्ता लगायत विभिन्न विषयहरुमा काम गर्दै आइरहेको छ ।
३० भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया