गुल्मी ।
धुर्कोट गाउँपालिका-४ जैसीथोक गुल्मीमा एक किशोरीको अरिङ्गालको टोकाइबाट ज्यान गएको छ । स्थानीय १८ वर्षीय विनिता कुँवरको शनिबार उपचारकै क्रममा मृत्यु भएको हो । दुईसाता अघि उनलाई जैसीथोक खेलकुद मैदान नजिकै हिँडिरहेको बेला अरिङ्गालले टोकेको थियो ।
फुपूलाई तीजको निम्ता गरेर घर फर्किने क्रममा उनलाई अरिङ्गालले टोकेको स्थानीय राजन केसीले जानकारी दिए । उनको गौतमबुद्ध मुटु अस्पताल बुटवलमा उपचारकै क्रममा मृत्यु भएको परिवारले जनाएको छ ।
अरिङ्गालले टोकेलगत्तै बेहोस भएकी उनलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको थियो । तर, त्यहाँ उनको उपचार सम्भव नभएपछि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पामा र्पुयाइएको थियो ।
३० भाद्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया