९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

पत्रकार डि.आर. घिमिरेद्धारा विद्यालयमा अक्षयकोष स्थापना



बिष्णु कुमार आले, अर्घाखाँची ।
वरिष्ट पत्रकार डि. आर. घिमिरेले आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा विद्यालयमा स्मृति छात्रवृत्ति प्रतिष्ठान अक्षयकोषको स्थापना गर्नु भएको छ । अर्घाखाँची पाणिनी ५ मैदान जन्मेर ३० बर्ष देखि बुटवलमा बसेर पत्रकारीता गर्दै आउनु भएका घिमिरेले आफ्नो जन्म थलोमा रहेको आफुले पढेको श्री कृष्ण माध्यमिक विद्यालयमा पिता डाँसुराम र माता कलावती घिमिरे स्मृति छात्रवृत्ति प्रतिष्ठान अक्षयकोष स्थापनार्थ १ लाख ५० हजार १ सय ११ रूपियाँको चेक विद्यालयलाई एक कार्यक्रमको बिच हस्तान्तरण गर्नु भएको हो । आज सन्धिखर्कमा पत्रकार सम्मेलन गरि पाणिनी वडा नं. ५ का वडा अध्यक्ष जिबलाल घिमिरे र प्रधानाध्यापक जिबनारायण भट्टराई लाई संयुक्त रूपमा चेक हस्तान्तरण गर्नु भएको हो । ईखबर नेपाल अनलाईन पत्रिकाको प्रधान संपादक एवं प्रवन्ध सञ्चालक समेत रहनु भएका घिमिरेले आफ्ना स्वर्गीय मातापितालाई १६ श्राद्दमा जिवन्त रूपमा स्मरण गर्न तथा सो रकमबाट आउने ब्याजबाट गरिव तथा जेहेन्दार विद्यार्थीलाई शिक्षा हासिल गर्न टेवा पुगोस भन्ने उदेश्यले विद्यालयमा अक्षयकोषको सुरूवात गरिएको बताउनु भयो । सोही अबसरमा चेक ग्रहण गर्दै वडा अध्यक्ष जिवलाल घिमिरेले उक्त रकमको सहि सदुपयोग गर्ने र यस प्रकारको सामाजिक कामले समाजलाई सहि बाटोमा डोर्‍याउन मद्दत पुग्ने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक जिवनारायण भट्टराईले विद्यालयको विविध बिषयमा प्रकाश पार्दै पत्रकार डि. आर. घिमिरेले अक्षयकोष स्थापना गरेर विद्यालयलाई ठुलो गुण लगाएको बताउनु भयो। पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम लेकालीले पत्रकार डि. आर. घिमिरेले पत्रकारहरूलाई आफ्नो घर परिवार सम्झेर पत्रकारका बिच एउटा ऐतिहासिक कामको सुरुवात गरेको उल्लेख गर्नु भयो । यस्तो नमुना कामले अरूलाई पनि सामाजिक क्षेत्रमा काम गर्न थप मार्गदर्शन दिने अध्यक्ष लेकालीको भनाई छ ।

प्रकाशित मिति : ३० भाद्र २०७६ सोमबार ००:००  ४ : ५१ बजे