९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

शिवराजमा डेंगु रोकथाम सम्बन्धी अन्तरक्रिया



दिपक खड्का, चन्द्रौटा ।

नेपालमा डेेंगु रोगको प्रकोप बढदै गएपछि कपलिवस्तुको शिवराज नगरपालिकामा यस रोग बारे अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर क्षेत्रीले अहिले यो रोग नेपालको विभिन्न जिल्लामा महामारीको रुपमा देखा परेको भन्दै सचेत रहनुपर्ने बताउनुभयो ।
डेङ्गु रोग एडिस एजिप्टाइ नामको पोथी लामखुट्टेले टोकेर हुने तिव्र भाइरल संक्रमण हो । डेङ्गु रोग एक ब्यक्ती बाट आर्को ब्यक्तीमा नसर्ने भन्दै ब्यक्तीलाई संक्रमण भएको ३ देखि १४ दिनमा यसको लक्षण देखापर्ने क्षेत्रीले बताउनुभयो ।
उच्च ज्वरो आउने, आँखाको नानी वा टाउको दुख्ने, हाड तथा जोर्नी बेस्सरी दुख्ने, छालामा बिमिरा आउने, पेट दुख्ने, वान्ता हुने, कमजोरी महशुस हुने रक्तचाप घटेर जाने, ओठ गिजा नाकबाट रक्तश्राव भएमा डेंगु हुन सक्ने भन्दै स्वास्थ्य संस्थामा भएर उपचार गर्नु पर्नेमा सहभागी वक्ताले जोड दिएका थिए ।
कार्यक्रमका अध्यक्ष शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले डेङ्गु फैलिन नदिन जथाभावी राखिएका टायर, टिन तथा प्लाष्टिकका डिब्बाहरु खाली बोतललाई पानी नपर्ने स्थानमा राख्न र आफनो घर वरिपरि सफा राख्न अनुरोध गर्नुभयो । कार्यक्रम शिवराज नगरपालिकाका मेयर नेत्रराज अभिकारीको अध्यक्षता शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुको प्रमुख आतिथ्यिता, शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद अर्यालको आतिथ्यितामा भएको कार्यक्रमको संचालन प्रमोद ज्ञवालीले गर्नुभएको थियो ।
सन् १७८० मा लामखुट्टेले टोकेर डेङ्गु ज्वारोको प्रकोप बढदै गएकोले डेङ्गु रोगको चर्चा सुरु भए पनि १९९८ मा विश्वब्यापि रुपमा फैलिएको हो ।  नेपालमा भने सन् २००४ मा पहिलो पटक चितवनमा डेङ्गु रोगको विरामी भेटिएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७६ सोमबार ००:००  ३ : २६ बजे