९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बैतडीमा सुत्केरी महिलाको ज्यान गयो



बैतडी ।
शिवनाथ गाउँपालिकामा एक जना सुत्केरी महिलाको ज्यान गएको छ ।
शिवनाथ गाउँपालिका– १ गाउँसल्लाका दानसिंह चाँडकी २१ वर्षीया श्रीमती गौमती चाँडको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
शनिबार रातिदेखि नै सुत्केरी व्यथा लागेर स्थानीय सामुदायिक स्वास्थ्य इकाइ तेर्छाबाटामा शिशुको जन्म दिए पश्चात् चाँडको ज्यान गएको हो । स्वास्थ्य इकाइमा आइतबार दिउँसो शिशु जन्माउने बितिक्कै चाँडको ज्यान गएको प्रहरीले जनाएको छ ।
शिशुको अवस्था भने सामान्य रहेको बताइएको छ । मृतक महिलाका श्रीमान भने रोजगारीका लागि भारतमा छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७६ सोमबार ००:००  १० : २६ बजे