९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

बाणगंगा ८ बोडगाउँमा मनाइयो भब्यताका साथ बाल दिवस



बाबुराम रायमाझी, भलवाड ।
आइतबार राष्ट्रिय बाल दिवस । सरकारले विभिन्न कार्यक्रम गरि यो दिवस मनाएको छ । यस बर्ष ‘सुनिश्चित बाल अधिकार-समृृद्ध नेपालको आधार’ भन्ने नाराका साथ बाल दिवस मनाइएको हो ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थालाई दिवसका दिन भ्याइ–नभ्याई नै हुने गरेको छ । तर बालबालिकामाथि हुने विभिन्न घटना तथा हिंसामा भने कुनै कमी आउन सकेको छैन ।
सरकारले अहिलेसम्म बालबालिकाको क्षेत्रम कुनै पनि खास अध्ययन अनुसन्धान गरेको पाईदैन । बरु उसले प्रत्येक वर्ष सार्वजनिक सञ्चार माध्ययममा आएका घटना समेटेर सार्वजनिक गर्दै आइरहेको छ । सरकारी तथ्याङ्कभन्दा धेरै घटना भने अझै समाजबाट बाहिर आउन सकेका छैनन् । तर पनि सार्वजनिक भएका तथ्याङ्कलाई हेर्दा चिन्ताजनक अवस्था रहेको पाइन्छ ।
राष्ट्रिय बालअधिकार परिषद्ले सार्वजनिक गरेको २०७५÷०७६ को हिंसामा परेका बालबालिकाको तथ्याङकमा ६५४ वटा विभिन्न घटनामा एकहजार ८० जना बालबालिका प्रभावित भएका छन् । परिषद्को रिपोर्टमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित बालबालिकासम्बन्धी घटनाहरुलाई आधार मानिएको छ । जसमा बालश्रम, बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बेचविखन तथा ओसारप्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण र शारीरिक सजायका घटना उल्लेख छन् ।
यसैबीच सुनिस्चित बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ बाणगंगा ८ बाल संजालको आयोजना र शिक्षाका लागि राष्ट्रिय अभियान कपिलवस्तु, घर–घरमा शिक्षा तथा आत्मानिर्भरता बिकास संस्थाहरुको सह–आयोजक तथा समन्वय एबम वडा कार्यालय ८ को सहयोगमाा ४५ औं बाल दिवसको अवसरमा बाल संजालले र्याली तथा कोणसभा सम्पन्न गरेको छ ।
र्यालीमा आजका बालबालिकाहरु भोलिका समुन्नत नेपालका बिज्ञ, अनुशाासित नागरिक हुन । खबरदार गर्छौ होस गर,बाल श्रम अन्त्य गर, बाल बिबाह अन्त्य गरौं, बालबालिकाहरुलाई लागू औषधबाट टाढा राख्न अभिभावक सचेत रहौ जस्ता प्लेकार्ड लिई बालबालिकाहरु बानपा ८ को मुख्य बजार बोडगाउँ चोक देखि नारा लगाउदै वाणगंगा बहुमुखी क्याम्पस पुगेका थिए ।
यस्तै होटल व्यावसायी तथा ट्याक्टर समितिका अध्यक्ष समक्ष बालश्रमको अबस्थाको बारेमा जानकारी लिई स्थलगत अनुगमन पनि गरेको थियोे । अनुगमन पछि र्याली कोणसभामा परिणत भएको थियोे ।
कोणसभामा वडा नं. ८ का वडाध्यक्ष गुणनिधि भुसालले नगर बालमैत्री नगर घोषणा कार्यक्रममा उन्मुख रहेको हुँदा आप्नो वडालाई छिट्टै नै बालमैत्री वडा घोषणा गर्ने काममा अगाडि बढेको बताउनु भएको थियोे ।
त्यस्तै घर घरमा शिक्षा तथा आत्मानिर्भरता बिकास संस्थाका संयोजक दुर्गा अर्यालले आफ्नो संस्थाबाट बाल बिबाह, बालश्रम जस्ता कुरितिको बारेमा गाउँ गाउँमा सचेतना सम्बन्धि कार्यक्रम गर्दै आएको कुरामा बोल्नु भएको थियो ।
कार्यक्रम बाल संजालका अध्यक्ष स्मृति सापकोटाको अध्यक्षता सचीव सुभिता गैरेको सन्चालनमा सम्पन्न भएको थियोे । कार्यक्रममा नगर कार्यपालिका सदस्य गिता भुसाल, वडा सदस्यहरु, घर–घरमा शिक्षा तथा आत्मा निर्भरता बिकास संस्थाका दिवस घिमिरे, पत्रकार महासंघ कपिलवस्तुका सचिब हरि अधिकारी, पत्रकार बाबुराम रायमाझी, बुद्धिजिबि, समाजसेबी गरि सयौंको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७६ आइतबार ००:००  ७ : ३५ बजे