९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कांग्रेस कपिलवस्तुको जागरण अभियान जारी



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुले दोस्रो जागरण अभियानलाई निरन्तरता दिएको छ । जस अन्र्तरगत क्षेत्र नं. १ को ‘२’ मा पर्ने दोहनीमा सभा सम्पन्न गरिएको छ । सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव महेन्द्र कुमार पाठकले नेकपा प्रति जनता आजित भएकोले कांग्रेस प्रति जनलहर बढेको बताए ।
वुथ सभापति शिवकुमार पाण्डेय र कमलेश शुक्लाको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य हरिराज घिमिरे, ललित गुरुङ, लोकनाथ शर्मा, क्षेत्रिय सभापति अब्दुल मन्नान खां, प्रदेश क्षेत्रिय सभापति वलिउद्धिन मुसलमान, जिल्ला सदस्य चर्तुभुजमणी त्रिपाठी, रवि काफ्ले, सरिता त्रिपाठी लगायतले बोलेका थिए ।
उता क्षेत्र नं. २ को प्रदेश सभा ‘२’ मा पनि जागरण कार्यक्रम जारी रहेको छ । यशोधरा गाउँपालिकाको वडा नं. १ तिर्तिखिमा सभा सम्पन्न गरिएको छ । सो अवसरमा बोल्दै केन्द्रिय प्रतिनिधि विष्णु कार्कीले बाँके सभापति किरण कोइराला लगायतका कार्यकर्ताको सांघेतिक आक्रमण र हमला गर्ने विरुद्ध सरकारले तत्काल कारवाही नगरे कांग्रेसले चुप लागेर नबस्ने बताए ।
सो अवसरमा बोल्दै पूर्व पार्टी सभापति सुधाकर पाण्डेयले वर्तमान नेकपाको सरकार अधिनायकवाद तर्फ लागेको भन्दै सो विरुद्ध आमनागरिकले खवरदारी गर्ने बेला आएको बताए । कार्यक्रममा जिल्ला सदस्य माधव पराजुली, ओम प्रकाश गुप्ता, श्यामनारायण उपाध्याय, सरिता त्रिपाठी, जगदिश पाण्डेय लगायतले वोलेका थिए । कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. २ प्रदेश सभा ‘२’ का सभापति गिरिजेश कुमार पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७६ आइतबार ००:००  ७ : १७ बजे