९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसमविद् भन्छन्, अझै तीन दिन देशभर वर्षा हुन्छ



काठमाडौं ।
मनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुन सक्रिय रहेकाले देशभर मौसम बदली हुनेछ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही सक्रिय भएको मौसमविद् शान्ति कँडेलले बताइन् ।

‘अझै तीन दिन देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको र सो अवधिभर वर्षा अविरल नभई केही समय बलदी हुने केही समय वर्षा हुने क्रम निरन्तर भइरहनेछ,’ उनले भनिन् । हाल देशभर आंशिकदेखि सामान्य बदली भई मध्य पहाडी भेगलगायत पूर्वी तथा पश्चिमी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहितको वर्षा हुने जनाएको छ । त्यस्तै, मध्य तथा पूर्वी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले पहिरो जान सक्ने तथा सडक र हवाई यातयातमा सामान्य अवरोध आउन सक्ने जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६ आइतबार ००:००  ५ : १५ बजे