बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको बाणगंगा ९ भलवाडमा रहेको खोजिपुर सामुदायिक वन उपभोक्ता समूहको अधिवेशन अन्यौलमा परेको छ । गत साउन ३१ गते १० औं साधारणसभा भएता पनि अधिवेशनले नयाँ नेतृत्व चयन गर्न सकेको छैन् ।
मुख्य पदहरुमा दलिय भागवण्डा नमिल्दा अधिवेशन गराउने अख्तियारी पाएको निर्वाचन समितिले नेतृत्व चयन गर्न नसकेको हो । आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न गोपाल गिरीको संयोजकत्वमा ५ सदस्यिय निर्वाचन मण्डल गठन गरिएको थियो । तर, समितिले पटक पटक बैठक आह्वान गरेपनि कुनै निकास निकाल्न सकेको छैन् ।
१० औ साधारण सभा समितिका अध्यक्ष दिपक कुमार थापाको अध्यक्षता, वाणगंगा नगरका मेयर मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, सव डिभिजन कार्यालय गोरुसिंगेका सहायक वन अधिकृत यम प्रसाद गैरेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
सो साधारण सभामा सचिव रामप्यारी पौडेलले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष चुरामणि आचार्यले गत आर्थिक वर्ष ०७४÷७५ र ०७५÷०७६ को कुल ४४ लाख ३४ हजार बराबरको आय—ब्यय सार्वजनकीकरण गर्नु भएको थियो ।
खोजिपुर सामुदायिक वनमा ४ शय ९६ वनका उपभोक्ता रहेको र सामुदायिक वन २४३ हेक्टर क्षेत्रफलमा रहेको छ ।
२९ भाद्र २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया